बैशाख ०७, २०८१, शुक्रबार
               

आज विदेशबाट १२ सयभन्दा बढी नेपाली स्वदेश फर्किँदै

नेपाल फ्ल्यास
भदौ ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । आज विदेशबाट १२ सयभन्दा बढी नेपाली स्वदेश आउँदैछन् । नियमित अन्तर्राष्ट्रिय एवं चार्टड उडानबाट १२ सयभन्दा बढी नेपाली स्वदेश फर्किन लागेका हुन् ।

खाडी मुलुक युएई, ओमान, बंगलादेश, मलेशिया र कतारबाट गरी १ हजार २ सय ६६ जना नेपाली स्वदेश फर्किन लागेको नागरिक उड्ड्यन प्राधिकरणले जानकारी दिएको छ ।

युएईबाट हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स, फ्लाई दुबई र इतिहाद एयरलाइन्सबाट ७ सय भन्दा धेरै नेपाली स्वदेश आउने प्राधिकरणको भनाइ छ ।

साथै, ओमानबाट सलाम एयरलायन्सबाट १८० र बंगलादेशको ढाकाबाट हिमालय एयरबाट ४० जना नेपाली स्वदेश आउने बताइएको छ । मलेशियाबाट मालिन्दो एयरबाट १७१ जना र कतारबाट नेपाल एयरलाइन्सको उडानबाट १५० जना आउन लागेको प्राधिकरणको भनाइ रहेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि