बैशाख ०८, २०८१, शनिबार
               

काठमाडौं उपत्यकामा १२ हजारभन्दा बढी संक्रमित

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

काठमाडौंं उपत्यकामा मात्र हालसम्म कोरोना भाइरस (कोभिड १९) संक्रमितको सङख्या  १२ हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले काठमाडौंं उपत्यकामा हालसम्म १२ हजार २४८ जनामा संक्रमण देखिएको बताए ।

देशभरमा अहिलेसम्म कुल संक्रमितको सङ्ख्या ५५ हजार ३२९ पुगेको छ । तिमध्ये १० हजार संक्रमित काठमाडौंं जिल्लाका छन । काठमाडौं जिल्लामा महिला तीन हजार ३०२ र पुरुष छ हजार ७२४ जना रहेका छन् । यस्तै ललितपुरमा एक हजार १९१ जनामा  ५४१ महिला र ६५० पुरुष तथा भक्तपुरमा एक हजार ३१ जना  संक्रमितमा ४२८ जना महिला र ६०३ पुरुष छन ।

पछिल्लो पटक बन्दाबन्दी खुकुलो भएसँगै उपत्यकामा संक्रमितको सङ्ख्या बढ्न थालेको हो । अहिले दैनिक ४०० को हाराहारीमा उपत्यकामा संक्रमित बढ्न थालेका छन् । आजैमात्र उपत्यकामा ५१२ जना  संक्रमित फेला परेका छन । काठमाडौंमा ४८०, भक्तपुरमा ४३ र ललितपुरमा २९ जना सङक्रमित फेला परेका छन् । 

यो पनि