बैशाख १२, २०८१, बुधबार
               

असोज चार गतेसम्म रुपन्देहीमा निषेधाज्ञा लागू

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै रुपन्देहीमा आगामी असोज चार गतेसम्म निषेधाज्ञा लागू गरिएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिस र जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले एक हप्तासम्म निषेधाज्ञा बढाएको हो । यसभन्दा अगाडि भदौ २८ गते रातिसम्म निषेधाज्ञा आदेश लागू गरिएको थियो ।

यसपटकको निषेधाज्ञामा निजी सवारी साधनहरु जोर–बिजोरका आधारमा सन्चालन हुन पाउने छन् ।  जोर दिन जोर नम्बरका र बिजोर दिन बिजोर नम्बरका गाडीहरु चलाउन पाइने अनुसार जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि