बैशाख १३, २०८१, बिहीबार
               

आजकाे संक्रमितमध्ये काठमाडौंका मात्र साढे ५७ प्रतिशत

नेपाल फ्ल्यास
भदौ २८, २०७७

ADVERTISEMENT

काठमाठौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे आजकाे तथ्यांकले काठमाडौं उपत्यका कोरोना संक्रमणकाे हटस्पट देखाएकाे छ । 

देशभर आज १ हजार ३९ जना संक्रमित थपिएका थिए । आइतबारकाे तथ्यांकअनुसार संघीय राजधानी तथा काठमाडौं उपत्यकाकाे संक्रमणदर डर लाग्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकैदिन काठमाडौं उपत्यकामा ५९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै ४८३ जना संक्रमित थपिएका छन् ।। त्यसैगरी भक्तपुरमा ८१ जना र ललितपुरमा ३३ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ । यो संख्या कुल संक्रमितकाे ५७.४६ प्रतिशत हुन आउछ । 

देशभरकाे तथ्यांकसँग तुलना गर्दा उपत्यकाकाे संक्रमणदरकाे सबैभन्दा उच्चविन्दु आज रहेकाे छ । आज ९ हजार १६५ जनाकाे पिसिआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमित भेटिएका हुन् ।  हालसम्म पिसिआर परीक्षणकाे संख्या ८ लाख ४० हजार ५२७ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

साथै आज थप १ हजार १७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३८ हजार ६९७ पुगेको छ । 

पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३४५ पुगेको छ भने काेरोना मृत्युदर शून्य दशमलव ६४ छ । 

यो पनि