बैशाख १४, २०८१, शुक्रबार
               

स्थायी कमिटीमा एकछिन बसेर किन निस्किए ओली ?

नेपाल फ्ल्यास
भदौ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ । आन्तरिक विवादका कारण असार १८ गतेदेखि स्थगित भएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।

यद्यपि, बैठक सुरु भएको केही बेरमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् । बैठक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा जारी रहने छ । प्रधानमन्त्री ओली सहमतिमै बाहिरिएकाे एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डको साझा प्रस्तावमाथि छलफल हुने कार्यक्रम रहेको छ । उक्त प्रस्ताव बुधवार नै स्थायी कमिटी सदस्यहरुलाई इमेलमार्फत् पठाइएको छ ।

असार १० गतेदेखि सुरु भएको बैठक शुक्रबार नै टुंग्याउने तयारी छ । कोभिड-१९ का कारण बैठक लम्बायाउन नसकिने भएकाले नै अध्यक्षद्वयले तयार पारेको प्रस्ताव सदस्यहरुलाई सुझाब दिन बुधबार नै पठाइएको नेताहरु बताउँछन् ।

प्रस्तावमा वरिष्ठ नेता माधवकुमार नेपालले उठाउँदै आएको एक व्यक्ति एक प्रमुख जिम्मेवारीको विषय भने समेटिएको छैन । प्रस्तावमाथि नेता नेपालको असन्तुष्टि कायम नै छ ।


कस्तो लाग्यो ?

यो पनि