बैशाख ०८, २०८१, शनिबार
               

बालिका बलात्कार अभियोगमा ३ जना पक्राउ

नेपाल फ्ल्यास
भदौ २५, २०७७

ADVERTISEMENT

सुर्खेत ।एक बालिकालाई सामूहिक बलात्कार अभियोगमा ३ जनालाई प्रहरीले पक्रेकाे छ । 

 १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पंचपुरी नगरपालिका-४ बस्ने १७ वर्षीय, १५ वर्षीय र १५ वर्षीय ३ जना किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेकाे हाे ।

पंचपुरी गरपालिका-९ बिध्यापुरस्थित बिध्यापुर स्वस्तिक कटेज नजिकको खोल्सामा ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बाबियाचौर र प्रहरी चौकी बिध्यापुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसबारे जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि