असोज ०९, २०७७, शुक्रबार
               

पहेँलो वस्त्र अनि रातो लिपस्टिक

चेतन पाण्डे
भदौ २४, २०७७

हिजोआज म फेरि सपना देख्न थालेको छु । विरहका पहाडमा मायाका गीत गाउन थालेको छु । मिठा नमिठा सपना पनि देख्न थालेको छु । कथानक सपना । मिलनका अनि बिछोडका ।

०००

सपना देख्छु अनि फेरि मन बरालिन थालिहाल्छ । किन हो किन एक पटक फेरि तिमीलाई आलिङ्गनमा कस्ने रहर पलाउन थाल्छ । मनले एक्लोपन महसुस गर्न थालिहाल्छ ।

चारैतिर हेर्छु । हरेक अनुहारमा बेचैनी देख्छु । आफ्नै जस्तो । तरपनि लाग्छ, कोही मेरो छैन । कहिले काहीँ अचानक मालीलाई देख्दा फूल जसरी झस्किँदै भयभीत हुन्छ नि । हो आज मेरो मनमा पनि भयभीत बनेको छ । के थाहा कुन्नि त्यो फूललाई, मालीले आफैँले दुख गरेर हुर्काएको सन्तान जस्तै उसलाई कति बेला मृत्यु दण्डको सजाय सुनाउने हो । 

किन हो किन मन उदास छ ।

०००

गज्जब देखिएकी थियौ, तिमी त्यो दिन । जब बिना लगाम बहिरहेका हावाका झोँकाले तिम्रा रेसमी कपाललाई उडाउँदै मेरा मुहार ढाकेका थिए । अनि सुकोमल रेसमका रेसाहरु मेरा अनुहारबाट बिस्तारै बग्दै फेरि तिम्रो शिरमा सजिएका थिए । आज पनि बिर्सिन सकेको छैन, तिम्रा केशका ती मिठा सुगन्ध । पहेँलो वस्त्रमा सजिएकी तिमी वास्तव मै पहेँला गुलाफ झैँ देखिएकी थियौ । कोमल, स्निग्ध ।

कुन्नि किन हो मलाई त्यो पहिलो अमूर्त भेटमा नै विश्वास जाग्यो । बिस्तारै बिस्तारै हामी नफुत्किने गाँठोमा अल्झिने छौँ । मायाका सागरमा डुब्ने छौँ । मैले तिमीलाई अनि तिमीले मलाई आँखाका नानीमा लुकाउने छौँ ।

मन स्तब्ध बने । तर तिमीले मेरो मुहार हेर्दै मुसुक्क हाँसेर ‘सरी’ भन्यौ । माफी किन माग्नु पर्थ्यो र’ तिमीले ? मनमा शीतलता छर्दा पनि किन माफी ? म निस्तब्ध, जवाफ पनि फर्काउन सकिन । मैले हरेक रात सपनी देख्ने परी कतै यही होइन ? त्यस्तै कल्पना जाग्यो । हो रहेछ । तिमीलाई देखेपछि मेरो सपनीमा ती परी फर्केर फेरि कहिल्यै आइनन् ।

कुन्नि किन हो मलाई त्यो पहिलो अमूर्त भेटमा नै विश्वास जाग्यो । बिस्तारै बिस्तारै हामी नफुत्किने गाँठोमा अल्झिने छौँ । मायाका सागरमा डुब्ने छौँ । मैले तिमीलाई अनि तिमीले मलाई आँखाका नानीमा लुकाउने छौँ ।

जसरी हाम्रो भेट बाक्लिदैँ गयो । मन मनै माया झाँगिँदै गयो । सम्बन्धको गाँठो सोचे झैँ कस्सिन थालेछ । न तिमीले भन्न सक्यौ नतै मैले । समाजले बाँधेका गाँठोलाई फुकाउन र अर्को गाँठो कस्न कठिन नै हुने रहेछ । समाजको नजरमा प्रेम त पाप हो ।

हावालाई छेकेर कहिलेसम्म छेक्न सकिन्छ र ? घामलाई कहाँ सधैँ रोक्न सकिन्छ र ? कहाँ बिर्सन्छु र’ म ती दिन । तिम्रो ओठले नै मेरा मनका कुरा बोलेका । तिम्रा मनमा पनि मेरा मनमा झैँ मायाका टुसा पलाइरहेका बताउँदा । मेरा मनले सारा ब्रह्माण्ड चहारेर नृत्य गरिरहेका थिए । मेरो चाहनामा पखेटा पलाएको थियो । तरपनि, म त्यति आँटिलो बन्न सकिनँ छु, जति तिमी बन्यौँ । नत्र ती पखेटा धेरै पहिले पलाउने रहेछन् । 

मेरा मनका भाका आफ्नै ओठमा चढायौँ अनि मेरो सपनाको सीमा समाप्त गरी दियौ । अनि गाली गर्ने शैलीमा भनेकी थियौ, मायालु आवाजमा, ‘लाछी रहेछौ तिमी, मनमा चलेका आँधीलाई मुखमा ल्याउन नसक्ने ।’

फेरि एक पटक निस्तब्ध बनेको थिएँ म । फेरि केही बोल्न सकिन । बस्, एक पटक तिमीलाई आलिङ्गनमा कस्न सिवाय । लाग्यो, सारा ब्रह्माण्ड मेरै आलिङ्गनमा समेटिएको छ । मायाका सारा गीत मेरा मनमा बजेका छन् । संसार मै म मात्र एक्लो सुखी मानिस रहेछु कि भन्ने भ्रम पनि पलाएकै थियो, मनको कुनै कुनामा ।

मैले तिम्रा गालाको स्पर्श गरेँ । साह्रै सुकोमल थिए । अनि एकटक निहारेँ, रङ्ग पनि माया झैँ उज्याला । गाढा राता–राता । प्रेममा फक्रिने गुलाफको रङ्ग झैँ । तिम्रा हरेक शब्दले सधैँ मेरो मनमा तरङ्ग ल्याउँथ्यो । मायाका गाँठोलाई झनै कसिलो बनाउँथ्यो । तिम्रा हात गुलाफका पंखुडी झैँ लाग्थे । जब ती मेरा ओठसँग खेल्थे, मेरा शरीरमा सलबलाउँथे ।

हामीले सँगै बाँच्ने र सँगै मर्ने कसम पनि धेरै पटक खाएका थियौ । आफ्नै संसार बनाउने वाचा गरेका थियौ । तिमीलाई पनि वाचा गराएको थिएँ, सधैँ मेरा अगाडि त्यही पहेँलो वस्त्रमा सजिने । तिमीले मेरो चाहनाको जवाफ एउटा चुम्बनले दिएकी थियौँ । आज पनि ओठ मै अड्किएको छ, त्यो चुम्बनको स्वाद ।

तिमी त मेरी राधा रहेछौ । सधैँ मह झैँ माया मात्र बर्साइरहने । प्रेमका वचन लिन नचाहने । भन्थ्यौँ, ‘बोलेका सबै कुरा पुरा नहुन सक्छन् । म तिमीलाई झूटो बनाउन चाहन्न ।’

तिम्रो बिहेको निम्तो पनि पाएको थिएँ । तर, आइन । कसरी हेर्न सक्थेँ होला र’ तिमी दुलही बनेर अर्कैको डोलीमा सजिएकी । केही दिनपछि तिम्रो नामबाट प्रेषित एउटा पार्सल पाएँ । त्यही पहेँलो वस्त्रमा बेरिएको एउटा पत्रसँगै । तिमीले निकै सँगालेको त्यो वस्त्र । अनि थियो, तिम्रा रेसम झैँ रेसमी लामा केशका केही टुक्रा ।

वर्षौँ बितायौँ, हामीले एक अर्काको आँखामा डुबेर । तिम्रा मद होस पार्ने ती आँखाका भाकाले भविष्यका बारे सोच्ने फुर्सद पनि दिएनन् । तिम्रा ती सुकोमल हातका स्पर्शले जिन्दगीमा आउने सक्ने हुरी बतासको पनि कल्पनै गरिएन । बस्। सधैँ हराएँ, तिम्रै मायामा ।

०००

अहँ, त्यो दिन तिमी राम्री देखिएकी थिइनौ । साँच्चै । खै ठुलै कारण त थिएन, हामीलाई विरहको गीत गाउन बाध्य पार्ने । तिमी चाहन्थ्यौ, हामी छिट्टै एक  बनौँ । मैले इन्कार गर्दा तिम्रा आँखाबाट अविरल बगी रहेका आँसुले तिम्रा गाजल बगाएर राता गालालाई काला बनाएका थिए । मेरो सम्भावित भविष्य झैँ ।

तिम्राे गाला सुमसुम्याए, अहँ पहिले झैँ नरम लागेनन् । अनि मेरो बाध्यता बन्यो, तिमीलाई नराम्रो देख्नु । टुक्रिएका मनलाई सँगालेर मैले निर्णय गरेँ तिमीसँगको बिछोड स्विकार्ने । तिमीलाई पनि मन कठोर बनाउन आग्रह गरेँ । मलाई थाहा थियो, तिम्रो मन मेरा आग्रहले छियाछिया बनेका थिए । जति मेरा बनेका थिए । एउटा पिडा भरिएको नजर ममाथि खन्याउँदै हिँडेकी थियौ, तिमी । फेरि कहिल्यै नभेट्ने वाचा गरेर । अनि फर्किएनौ पछाडि ।

मेरा कठोर मनले अचानक थोपरेको वियोग अघि निकै बेर अँगालोमा बाँधेकी थियौ तिमीले मलाई । त्यो दिन पनि तिमी त्यही पहेँलो वस्त्रमा आएकी थियौँ । तर, फक्रनुअघि नै मुर्झाएकी पहेँलो गुलाफ झैँ बनेर बिदा भयौ । मसँग भविष्य नकाट्ने कठोर वाचा गरेर । मेरो आदेश नमान्ने कसम खाएर ।

०००

केही महिनापछि तिम्रो बिहेको निम्तो पनि पाएको थिएँ । तर, आइन । जे भए पनि, कसरी हेर्न सक्थेँ होला र’ तिमी दुलही बनेर अर्कैको डोलीमा सजिएकी । केही दिनपछि तिम्रो नामबाट प्रेषित एउटा पार्सल पाएँ । त्यही पहेँलो वस्त्रमा बेरिएको एउटा पत्रसँगै । तिमीले निकै सँगालेको त्यो वस्त्र । अनि थियो, तिम्रा रेसम झैँ रेसमी लामा केशका केही टुक्रा ।

बस्, लेखेकी थियौ, ‘अब म तिम्रो आदेश मान्न बाध्य छैन । तिमीसँगै बाँच्न पाइन, मन सधैँ नरमाइलो बनिरहन्छ । मेरा शरीरमा तिम्रा बाहेक अरूको हात सलबलाउँदा आफैँसँग घृणा जाग्न थालेको छ । तिमी जस्ता निष्ठुरीका लागि किन हुन्छ मन बेचैन ? किन हुँदैछु, तिम्रा यादमा अनिँदाे ? तिमी बिना एक्लै बाँच्नुभन्दा, तिम्रा यादमा मर्नु निको लाग्यो । कृपया तिमी मेरो यादमा बाँचिरहनु, म कुनै दिन तिम्रो यादमा कात्रोमा बेरिने नै छु । मेरो अन्तिम घड्कन तिम्रै नाममा लेख्ने छु । मर्ने केही प्रयास तिम्रै यादले असफल पनि बनेका छन् । मैले आँट गरेँ भने माफ गरिदिनु । हामीले खाएका सँगै बाँच्ने र मर्ने कसम अर्को जुनीका लागि उधारो रह्यो । तिमीलाई मेरो उपहार, त्यही पहेँलो वस्त्र । मैले यो जुनीमा तिमीलाई अन्तिम पत्र लेख्दा पहिरिएको वस्त्र ।’

पत्रको मुन्तिर लिपस्टिकले बनेका दुई ओठका डाम थिए । मायाको रङ्ग झैँ, गाढा रातो ।

अनि मेरो जीवनभरको सम्झना हातमा काँपिरहेको थियो, त्यही पहेँलो वस्त्र । एउटा अमूर्त भयका कारण । कतै तिमी लास त बन्यौँ कि भन्ने त्रासले । अचानक लाग्यो, तिमीले गल्ती गरेको भए तिम्रो लासमा ओढाइएको कात्रोको रङ्ग त्यस्तै हुनुपर्थ्यो । मानिसको मन न हो, राम्रा नराम्रा कुनै पनि सोचको बन्धनबाट मुक्त रहन नसक्ने । एउटा अकल्पनीय त्राससँगै त्यही वस्त्र च्यापेर घन्टौँ रोएँ म । वास्तवमा तिमीसँग टाढा गएँ भन्ने आभास पहिलो पटक भयो । अनि कसैले नदेख्ने गरी बागमती मै सेलाएर आएँ । सेलाएँ, तिम्रा यादलाई । तिम्रा ओठका डोब खोपिएका पत्रलाई पनि । अनि हाम्रा मायालाई पनि । अधर्मी रहेछु म । प्रेम धर्म समेत निभाउन नसक्ने । कठोर, अति कठोर पनि !

अहिले खोज्छु सपनीमा त्यही पहेँलो वस्त्र अनि त्यही लिपस्टिकका डोब । कठोरताको सीमा नाघेर मैले बागमतीमा सेलाएका । तर, कतै भेट्दिन । त्यही भएर होला, हिजोआज सपनीमा पनि त आउँदिनन् ती परी । बस्, आउँछ त मनलाई भयभीत पार्ने कंकालका सपना मात्र ।

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि