चैत १५, २०८०, बिहीबार
               

'चिसो मान्छे'मा कस्तो देखिएला अर्पण र स्वस्तिमाको जोडी ?

नेपाल फ्ल्यास
भदौ २३, २०७७

ADVERTISEMENT

निर्देशक दिपेन्द्र के खनालको निर्देशनमा चलचित्र 'चिसो मान्छे' बन्दैछ । चलचित्रको मुख्य  भूमिकामा अभिनेत्री स्वस्तिमा खड्का पक्का भएकी छिन् ।

त्योसँगै दीपेन्द्रले चलचित्रमा अभिनेता पनि पक्का गरेका छन् । चलचित्रमा भर्सटाइल अभिनेताको रुपमा आफ्नो परिचय बनाएका अभिनेता अर्पण थापा पक्का भएका हुन् । तर, दबै कलाकारसँग लिखित सम्झौता भएको छैन ।

चलचित्रमा सुहाउँदो भूमिका भएकै कारण स्वस्तिमा र अर्पणलाई चलचित्रमा लिइएको निर्देशक खनालले बताए । चलचित्रमा स्वस्तिमा र अर्पणबीच हुने उमेरान्तरलाई नै देखाइने छ ।

अहिले निर्देशक खनाल चलचित्रको स्क्रिप्ट फाइनल गर्ने दौडमा लागिरहेका छन् । अवस्था सामान्य हुनसाथ छायांकन सुरु गरिने यस चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गर्नेछिन् ।

यो पनि