बैशाख ०८, २०८१, शनिबार
               

कोरोना मृत्युदर फरकफरक, सर्वाधिक मृत्यदर इटालीमा

नेपाल फ्ल्यास
भदौ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वका हरेक देशमा मृत्युदर फरकफरक रहेको छ ।

नेपाल फ्ल्यासले ५० हजारभन्दा माथि संक्रमित भएका ५३ मुलुकको तथ्यांक विश्लेषण गर्दा इटालीमा संक्रमितमध्ये करिब १३ प्रतिशतको मृत्यु भएको छ । इटाली बढी संक्रमितको सूचीको १९औँ स्थानमा रहेको छ भने मृत्युका आधारमा छैटौँ स्थानमा छ ।

सर्वाधिक संक्रमित रहेका ती ५३ मुलुकमध्ये सबैभन्दा कम मृत्युदर सिंगापुरमा छ । त्यहाँ भएका संक्रमितमध्ये शून्य दशमलव ०७ प्रतिशतको मृत्यु भएको छ ।

बढी मृत्युदरका हुनेमा बेलायत तेस्रो र बेल्जियम तेस्रो स्थानमा छ । बेलायतमा करिब १२ प्रतिशतको मृत्यु भएकोमा बेल्जियममा पनि ११ प्रतिशतभन्दा बढीले मृत्युवरण गरेका छन् । मेक्सिकोको मृत्युदर पनि दोहोरो अङ्कमा छ ।

५० हजारभन्दा बढी संक्रमित भएर पनि एक प्रतिशतभन्दा कम मृत्युदर हुने मुलुकमा कतार, बहराइन, युएई, कुवेत, इजरायल, भेनेजुएला, ओमान र बेलारुस छन् ।

सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा २ दशमलव ९९ प्रतिशतको मृत्यु भएको छ । अमेरिका बढी मृत्युदरका आधारमा २५औँ स्थानमा छ । कोरोना भाइरसको उत्पत्ति भएको मुलुक चीनमा ५ दशमलव ४४ प्रतिशतले ज्यान गुमाएको र उ मृत्युदरका आधारमा १३औँ स्थानमा रहेको समाचार एजेन्सीहरूले जनाएका छन् ।

संक्रमण फैलँदै गएको भारत बढी मृत्युदरका आधारमा ३९औँ स्थानमा छ । भारतमा संक्रमितमध्ये एक दशमलव ७४ प्रतिशतको मृत्यु हुने गरेको छ । तेस्रो बढी संक्रमित भएको ब्राजिलमा तीन दशमलव ०६ प्रतिशतले ज्यान गुमाएका छन् । ५० हजारभन्दा बढी संक्रमित भएका मुलुकहरूमध्ये ब्राजिल बढी मृत्युदरका आधारमा २२औँ स्थानमा रहेको छ । यो सूचीको ३८औँ स्थानमा रहेको रुसको मृत्युदर एक दशमलव ७४ प्रतिशत रहेको छ ।

नेपालको मृत्युदर शून्य दशमलव ६ प्रतिशत रहेको छ ।

५० हजारभन्दा बढी संक्रमित भएका मुलुकको मृत्युदर

  देश संक्रमित मृत्यु मृत्यु प्रतिशत
  विश्व २७३००६७७ ८८७६२९ ३.२५
इटाली २७७६३४ ३५५४१ १२.८०
बेलायत ३४७१५२ ४१५५१ ११.९७
बेल्जियम ८८३६७ ९९०७ ११.२१
मेक्सिको ६३४०२३ ६७५५८ १०.६६
फ्रान्स ३२४७७७ ३०७२४ ९.४६
नेदरल्यान्ड्स ७४७८७ ६२४३ ८.३५
क्यानडा १३१८९५ ९१४५ ६.९३
स्वीडेन ८४९८५ ५८३५ ६.८७
इरान ३८६६५८ २२२९३ ५.७७
१० इक्वेडर ११८०४५ ६७२४ ५.७
११ स्पेन ५१७१३३ २९४१८ ५.६९
१२ इजिप्ट ९९८६३ ५५३० ५.५४
१३ चीन ८५१३४ ४६३४ ५.४४
१४ बोलिभिया १२०७६९ ५३९८ ४.४७
१५ पेरु ६८९९७७ २९८३८ ४.३२
१६ इन्डोनेसिया १९४२०९ ८०२५ ४.१३
१७ रोमानिया ९५०१४ ३८९३ ४.१
१८ जर्मनी २५१७२४ ९४०१ ३.७३
१९ ग्वाटेमाला ७७६८३ २८५२ ३.६७
२० कोलम्बिया ६६६५२१ २१४१२ ३.२१
२१ होन्डुरस ६४७६४ २००७ ३.१
२२ ब्राजिल ४१३७६०६ १२६६८६ ३.०६
२३ पोर्चुगल ६०२५८ १८४० ३.०५
२४ पोल्यान्ड ७०८२४ २१२० २.९९
२५ अमेरिका ६४६०४२१ १९३२५३ २.९९
२६ इराक २६०३७० ७५१२ २.८९
२७ चिली ४२२५१० ११५९२ २.७४
२८ टर्की २७९८०६ ६६७३ २.३८
२९ दक्षिण अफ्रका ६३८५१७ १४८८९ २.३३
३० पनामा ९७०४३ २०८६ २.१५
३१ पाकिस्तान २९८९०३ ६३४५ २.१२
३२ युक्रेन १३८०६८ २८७७ २.०८
३३ अर्जेन्टिना ४७८७९२ ९८५९ २.०६
३४ नाइजेरिया ५५००५ १०५७ १.९२
३५ जापान ७१४१९ १३५७ १.९
३६ मोरक्को ७२३९४ १३६१ १.८८
३७ डोमिनिक गणतन्त्र ९९३३३ १८४५ १.८६
३८ रुस १०२५५०५ १७८२० १.७४
३९ भारत ४२०८६४५ ७१७११ १.७
४० फिलिपिन्स २३७३६५ ३८७५ १.६३
४१ इथियोपिया ५८६७२ ९१८ १.५६
४२ कजकास्तान १०६३६१ १५८८ १.४९
४३ बंगलादेश ३२५१५७ ४४७९ १.३८
४४ साउदी अरेबिया ३२०६८८ ४०८१ १.२७
४५ बेलारुस ७२८५९ ७११ ०.९८
४६ ओमान ८७०७२ ७२८ ०.८४
४७ भेनेजुएला ५३२८९ ४२८ ०.८
४८ इजरायल १३१६४१ १०१९ ०.७७
४९ कुवेत ८९६८२ ५४४ ०.६१
५० युएई ७३९८४ ३८८ ०.५२
५१ बहराइन ५५४१५ २०० ०.३६
५२ कतार १२००९५ २०३ ०.१७
५३ सिंगापुर ५७०२२ २७ ०.०५

कस्तो लाग्यो ?

यो पनि