बैशाख १४, २०८१, शुक्रबार
               

एउटा भेडाको मूल्य ५ करोड ७३ लाख !

एजेन्सी
भदौ २२, २०७७

ADVERTISEMENT

नेदरल्याण्डमा एउटा भेडा ५ करोड ७३ लाख रुपैयाँमा बिक्रि भएको छ ।
‘डबल डाइमन्ड’ नाम दिइएको टेक्सेलको भेडा हालै संसारको सबैभन्दा महँगो भेडा बन्न सफल भएको छ । आनुवंशिक रुपमा उत्कृष्ट मानिएको  यो भेडा स्कटमा आयोजित लिलामीमा ४ लाख ९० हजार डलर (५ करोड ७३ लाख रुपैयाँ) मा बिक्रि भएको हो ।

नेदरल्याण्डस्थित टेक्सल नामको सानो द्वीपको यो टेक्सल भेडा उत्कृष्ट जेनेटिक्सका कारण पनि सर्वाधिक महँगो भएको हो । बेलायतमा भेडाको प्रजनन गराउनेहरु (ब्रिडर) यो भेडालाई आफ्नो हातमा पार्न अत्यधिक कोसिस गरिरहेका थिए ।

‘यो उत्साहभन्दा पनि तनावमा पार्ने किसिमको थियो,’ डबल डायमण्ड खरिद गर्नका लागि सहकार्य गरेका तीन बिडरमध्येका एक जेफ ऐकेनले भने । ‘हामीलाई थाहा थियो यो निकै विशेष हुनेछ । यो निकै उत्कृष्ट जनावर हो जसको पूरा जेनेटिक्स उत्कृष्ट छ । यो भेडालाई आफ्नो पोल्टोमा पार्नका लागि ७–८ व्यक्ति अत्यन्त लालायित थिए ।’

लिलामीअघि ऐकेन र अर्का एक ब्रिडर मिलेर उक्त भेडा किन्न चाहन्थे तर प्रतिस्पर्धा अत्यधिक कडा भएपछि तेस्रो ब्रिडर पनि सहभागी भए । तसर्थ यी तीनजना मिलेर सबैलाई उछिन्न सके । यसअघि सन् २००९ मा एउटा भेडा ३ लाख ७ हजार डलर (३ करोड ५९ लाख रुपैयाँ) मा बिक्री भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि