बैशाख ०८, २०८१, शनिबार
               

भारतीय सिरियलमा निरिशाको यस्तो अवतार

नेपाल फ्ल्यास
भदौ २२, २०७७

ADVERTISEMENT

चलचित्र ‘जानी नजानी’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी अभिनेत्रीको निरिशा बस्नेतले तीन वर्षपछि भारतीय सिरियलमा कमब्याक गरेकी छन् । उनको केमियो भूमिका रहेको सिरियल ‘तेनाली रामा’ को बिहीबार प्रोमो सार्वजनिक गरिएको छ । 

सार्वजनिक प्रोमोमा निरिषाको चरित्र चित्रण गरिएको छ । प्रोमोमा भिन्न गेटअपमा देखिएकी उनी यो सिरियलमा चिनियाँ युवतीको भूमिकामा प्रस्तुत छिन् । सिरियलको प्रोमोमा उनलाई चिनियाँ मौलिक पहिरनमा हिन्दी भाषामा संवाद बोल्दै गरेको देख्न सकिन्छ ।

सोमबार र शुक्रबार ‘सोनी सब’बाट प्रशारण हुँदै आएको सिरियललाई अभिमन्यू सिंहको प्रोडक्सन हाउसले निर्माण गरेको हो । निरिशाले यसअघि हिन्दी सिरियल ‘चन्द्र नन्दिनी’मा पनि काम गरेकी थिइन् । जसमा उनको मुख्य भूमिका थियो ।

अहिले भारतको मुम्बईमा बस्दै आएकी बस्नेतले लकडाउनअघि एक साउथ चलचित्र साइन गरेकी छिन् । निरिषा बलिउड प्रवेशका लागि पनि प्रयास गरिरहेकी छिन् ।

 


कस्तो लाग्यो ?

यो पनि