बैशाख ०७, २०८१, शुक्रबार
               

रोकिएको रातो मत्स्येन्द्रनाथको रथ पुन: तानिने, ४३४ जना सहभागी हुने

नेपाल फ्ल्यास
भदौ २१, २०७७

ADVERTISEMENT

ललितपुर ।  विवादपश्चात रोकिएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने कार्यक्रमलाई ललितपुर महानगर प्रहरी परिसरले कडा सुरक्षा व्यवस्था गरेको छ । 

प्रशासनबाटै अनुमति लिएर सो रथ तान्ने तयारी गरेसँगै ललितपुर क्षेत्रको सुरक्षालाई थप कडाइ गरेको हो ।यसअघि रथ तान्ने क्रममा झडप भएपछि सो कार्यक्रम रोकिएको थियो ।

ललितपुरको पुल्चोकमा आइतबार हुने कार्यक्रमका लागि महानगरीय प्रहरी परिसर, ललितपुरले कडा सुरक्षा व्यवस्था लागू गरेको छ । जसका लागि प्रहरीले ललितपुर प्रवेश गर्ने बालकुमारीदेखि बल्खुसम्म सिल गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, प्रहरी र ज्यापु समाजका पदाधिकारीबीच भएको छलफल अनुसार सीमित व्यक्ति भेला भएर रथ तान्नका लागि जिल्ला प्रवेश गर्ने क्षेत्र सिल गरिएको हो ।

सो रथ तान्नका लागि प्रशासनबाट अनुमति लिइएको छ । जसमा प्रशासनले अनुमति दिएको संख्या मात्र सहभागी हुने बताइएको छ । तर, प्रशासनले दिएको अनुमतिको लिस्टमै  चार सय ३४ जनाको नामावली छ । जसमा १६० जना रथ तान्न, १२४ जना स्वयंसेवक, २८ जना बाजागाजा बजाउने समूह र ज्यापु समाजका विभिन्न पदाधिकारी १२२ जना रहने छन् । 

रथ तान्ने क्रर्यक्रममा कार्यक्रमस्थलको चारैतिर प्रहरीको घेरा हुने सुरक्षा तयारीको खाकामा उल्लेख छ । प्रशासनले शुक्रबार मात्रै रथ निकालिएको क्षेत्र वरपर पाँच जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेको थियो ।

यो पनि