बैशाख १३, २०८१, बिहीबार
               

भारतमा बढ्दै छ कोरोना संक्रमण, हेर्नुस् साढे चार महिनाको अवस्था

नेपाल फ्ल्यास
भदौ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमणबाट विश्वमै सर्वाधिक प्रभावित अमेरिका भएको छ । तर उसलाई अरू मुलुकले पनि पछ्याइरहेका छन् ।

छिमेकी मुलुक भारत कोरोनाको संक्रमणका आधारमा तेस्रो स्थानमा छ । अहिलेकै रफ्तार रहेमा भारत दुई दिनभित्रै ब्राजिललाई उछिनेर दोस्रो स्थानमा पुग्ने छ ।

वर्ल्डोमिटरका अनुसार यो सामग्री तयार पार्दासम्म भारतमा ४० लाख ३४ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । त्यसमध्ये ६९ हजार ७४९ जनाको मृत्यु भइसकेको छ ।

बैशाख १ गतेयताका साढे चार महिनामा भारतमा दैनिक संक्रमितको संख्या ७० गुणाले बढेको छ । बैशाख १ मा एक हजार २४८ जना संक्रमित भएकोमा भदौ १९ गते अहिलेसम्मै सबैभन्दा बढी ८७ हजार ११५ जनामा संक्रमण पुष्टि भएको छ ।

मृत्युतर्फको सूचीमा पनि अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा भारत छ । भारतको दैनिक मृत्युको ग्राफ पनि यो साढे चार महिनाको अवधिमा करिब ४० प्रतिशतले बढेको छ । बैशाख १ गते भारतमा २७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । भदौ १९ गते एक हजार ६६ जनाले ज्यान गुमाएका छन् ।

पूर्व, दक्षिण र पश्चिततर्फ खुला सिमाना जोडिएकोले भारतमा कोरोना संक्रमण नियन्त्रणमा नआएसम्म नेपाल त्यसको प्रभावबाट मुक्त हुन नसक्ने अवस्था विद्यमान छ ।

भारतमा बढ्दो मृत्युको ग्राफ


कस्तो लाग्यो ?

यो पनि