बैशाख १३, २०८१, बिहीबार
               

नीताले ‘श्रीमद्भगवद् गीता’ बनाउने

नेपाल फ्ल्यास
भदौ २०, २०७७

ADVERTISEMENT

अभिनेत्री निता ढुंगानाले वेब सिरिज निर्माणमा सुरिएकी छिन् । नीताले ‘श्रीमद्भगवद् गीता’ नामक वेब सिरिज बनाउन लागेकी हुन् । यस सिरिज करिब ४५ भागको हुने बताइएको छ । 

यस सिरिजमा ४ जना पात्र हुनेछन् । विशेषगरि यस सिरिज अर्जुन र कृष्णको संवादमा आधारित रहेर निर्माण हुने बुझिएको छ । अर्जुन र कृष्णको संवादलाई आधुनिक शैलीमा बनाउने तयारी गरेको अभिनेत्री ढुंगानाले बताइन् । 

२० देखि २५ मिनेटको एक भाग निर्माण हुनेछ, जसमा गीत पनि समावेश गरिने नीता बताउँछिन् । सिरिज भएपनि चलचित्रकै शैलीमा निर्माण गर्ने नीताको लक्ष्य रहेको छ । 

सिरिजमा पात्रहरुले लगाउने पहिरन पौराणिक कालकै हुनेछ । तर, कथालाई भने आधुनिक तरिकाले बुनिएको छ ।

नीताले पात्र र निर्देशक छनोटका लागि कुरा भइरहेको बताइन् । यो सिरिजमा महिलाको भूमिका नभएकाले पनि आफूले नखेल्ने तर निर्माण मात्र गर्ने उनको भनाई छ ।


कस्तो लाग्यो ?

यो पनि