बैशाख १३, २०८१, बिहीबार
               

'प्रसाद २'मा विपिन र नम्रता पक्का, निश्चलसँग सम्झौता बाकीं

नेपाल फ्ल्यास
भदौ २०, २०७७

ADVERTISEMENT

दिनेश राउतको निर्देशनमा बनेको चलचित्र 'प्रसाद' सफल चलचित्र मानिन्छ । समीक्षात्क तथा व्यापारिक रुपमा पनि चलचित्र सफल रह्यो ।

अहिले चलचित्रका निर्माता सुभाष थापा 'प्रसाद २' बनाउने तयारीमा जुटेका छन् । लेखक सुशिल पौडेलले चलचित्रको पटकथा तयार गरिसकेका छन् । अहिले चलचित्रको संवाद लेख्न व्यस्त छन्, सुशिल । 

निर्माण पक्षले कलाकार पनि पक्का गरिसकेको छ । निर्देशक फेरिएको 'प्रसाद २'मा कलाकार भने फेरिएका छैनन् । 'प्रसाद २'का लागि 'प्रसाद'मा नै मुख्य भूमिका निर्वाह गरेका विपिन कार्की, नम्रता श्रेष्ठ पक्का भइसकेका छन् । निश्चल बस्नेतसँग लिखित सम्झौता बाकीं रहेको छ ।

प्रसाद २ बाट दिनेश राउतले हात झिक्दा निर्देशकको रुपमा भने सौरभ चौधरीले मौका पाएका छन् । 'लभ डायरिज'बाट असफलता बेहोरेका सौरभका लागि यो राम्रो अवसर हुन सक्छ ।

चलचित्र ‘प्रसाद २’लाई ‘प्रसाद’को सिक्वेल र प्रिक्वेल दुबै भनिएको छ ।

यो पनि