बैशाख ०७, २०८१, शुक्रबार
               

पाटनमा कर्फ्यूबीच मछिन्द्रनाथ रथको पूजा (फोटो फिचर)

नेपाल फ्ल्यास
भदौ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । हिजो बिहीबार अशान्त पाटनमा आज कुनै अप्रिय स्थिति भएको छैन । स्थानीय प्रशासनले संभावित प्रदर्शनलाई मध्यनजर गर्दै ललितपुरको शहरी इलाकामा कर्फ्यू लगाएको छ । कर्फ्यूका बीच आज शुक्रबार मछिन्द्रनाथको रथको पूजाआजा भएको छ ।

सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि कुनै पनि भेला गर्न, चाडपर्व, जात्रा मनाउन निषेध गरेको कारण बिहीबार ललितपुरमा स्थानीयवासी प्रदर्शनमा उत्रिएका थिए । पाटनका स्थानीयले रातो मच्छिन्द्रनाथको रथजात्राको साइत यसपछि नरहेको भन्दै रथजात्रा निकालेका थिए ।  

रथजात्रा निकाल्नका लागि स्थानीयहरुको भिड लागेको थियो । ‘वर्षा र सहकाल’का देवता रातो मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल पक्ष प्रतिपदाका दिन सुरु भएर असार शुक्ल पक्ष चौथीसम्म मनाउने प्रचलन रहेको छ ।

हेर्नुस् फोटोमा :


कस्तो लाग्यो ?

यो पनि