चैत १५, २०८०, बिहीबार
               

वेब सिरिज 'लभ सुत्र' बन्ने

नेपाल फ्ल्यास
भदौ १७, २०७७

ADVERTISEMENT

वेब सिरिज 'लभ सूत्र' बन्ने भएको छ । निरोज महर्जनको निर्देशनमा बन्न लागेको यस सिरिज पूर्ण रूपमा लभ स्टोरी हुने बताइएको छ ।

सिरिजमा विनय श्रेष्ठ, शिल्पा मास्के, संजोग कोइराला, सुरक्षा पन्त, रवीन्द्र झा, साजन श्रेष्ठ, संजोग रसाइली, प्रतिष्ठा कुसुम केसीलगायतका कलाकारको अभिनय रहनेछ ।

सिरिजका केही दृश्यहरूको छायांकन सकिइसकेको थियो । तर, लकडाउनका कारण हाल उक्त छायांकन रोकिएको छ । २० देखि २५ मिनेट लामो हुने यस सिरिजको ५ भागसम्म निर्माण हुने बताइएको छ ।

ओमप्रकाश अग्रवाल र विनय श्रेष्ठले संयुक्त रूपमा निर्माण गर्न लागेको यस सिरिजलाई बाबु श्रेष्ठले खिचिरहेका छन् । सिरिजको सम्पादन निमेष श्रेष्ठले गर्नेछन् । सिरिजको स्टोरी तथा कन्सेप्ट असिम खाल्लोवको रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि