बैशाख ११, २०८१, मंगलबार
               

तेस्रो लिंगी बन्दै आयुष्मान

नेपाल फ्ल्यास
भदौ १७, २०७७

ADVERTISEMENT

अभिनेता आयुष्मान देशराज जोशी चलचित्र क्षेत्रमा खासै सफल हुन सकेका छैनन् । तर पनि आयुष्मान निरन्तर चलचित्रमा काम गरिरहेका छन् । उनको चर्चा पनि उत्तिकै छ । अझ नायिका प्रियंका कार्कीसँगको प्रेम र विवाहका कारण पनि आयुष्मान चर्चामा रहे ।

उनै आयुष्मानले आफूलाई भिन्न अवतारमा प्रस्तुत गर्ने भएका छन् । उनले एक छोटो चलचित्रका लागि आफ्नो गेटअप नै परिवर्तन गरेका छन् । उनको परिवर्तित गेटअप साधारण खालको भने छैन । आयुष्मानले आफूलाई तेश्रो लिङ्गीको भूमिकामा प्रस्तुत गरेका छन् । 

‘मेटामोफिर्कक मेनिफेस्टो’ नाम दिइएको यस छोटो चलचित्रका लागि अनुष्मानले न्यूड दृश्य दिएका छन् । जसलाई आयुष्मान आफैंले सामाजिक संजालमा सार्वजनिक गरेका छन् । तस्वीर सार्वजनिक गर्दै आयुष्मानले लेखेका छन्, ‘मेटामोफिर्कक मेनिफेस्टो महिला बन्नका लागि सर्जरी गर्ने इतिहासकै पहिलो पुरुषको कथा हो ।’ 

यस श्रृङ्खला डेनिश कलाकार लिली एल्बे र गेरडा वेगेनरको जीवनको नेपाली रुपान्तरण भएको समेत अयुष्मानले जानकारी दिएका छन् । उनले थपेका छन्, ‘जब एक पत्नी आफ्नो पेन्टिङमा आफ्नो श्रीमान्लाई महिला मोडलको रुपमा पोज दिनका लागि आग्रह गर्छिन्, यसपछि उक्त श्रीमान्मा लुकेको पहिचान बाहिर निस्कन खोज्छ । यो श्रृङ्खलाले एक तेश्रो लिङ्गी व्यक्तिको यात्रालाई प्रस्तुत गर्दछ ।’

यो पनि