चैत १६, २०८०, शुक्रबार
               

छोरीलाई पटक पटक बलात्कार गरेकाे अभियोगमा पक्राउ

नेपाल फ्ल्यास
भदौ १७, २०७७

ADVERTISEMENT

काठमाडौं । आफ्नै ७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३१ शंखमुल बस्ने ४० वर्षीय पुरुषलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै छोरीलाई पटक-पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस बारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । 

साथै ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाह्रदशी गाउँपालिका-५ झापा बस्ने ५८ वर्षीय हर्कबहादुर मगरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । मगरले ती बालिकालाई पटक-पटक जबरजस्तीकरणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यता २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पोखरा महानगरपालिका-१० कास्की बस्ने ५५ वर्षीय हरि बहादुर गुरुङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई डर, धाकधम्की देखाई गत शुक्रबार राति जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि