बैशाख ०७, २०८१, शुक्रबार
               

'पारस'लाई लिएर उत्साहित अनमोल

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

अभिनेता अनमोल केसी अहिले फुर्सदिला बनेका छन् । चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन रोकिएपछि उनी फुर्सदिला बनेका छन् ।

कोरोनाका कारण गरिएको लकडाउन केही खुकुलो भएसँगै अनमोलले केही विज्ञापनमा काम गरे । अहिले पुनः अनमोल घरमा नै थुनिएर बसेका छन् । 

घरमा नै थुनिन बाध्य अनमोल अहिले आफ्नो नयाँ चलचित्र ‘पारस’को स्क्रिप्टमा ध्यान दिइरहेका छन् । चलचित्रको स्क्रिप्टलाई अझै बलियो बनाउन सकिन्छ कि भन्ने सोचले केही काम भइरहेको छ । जसमा अनमोलले पनि समय दिइरहेका छन् ।

अनमोलका अनुसार चलचित्रको विषयबस्तु निकै फरक छ । चलचित्रमा अनमोलले निर्वाह गर्नुपर्ने भूमिका पनि फरक छ । त्यसैले अनमोल चलचित्रमा काम गर्न निकै उत्साहित पनि छन् । 

माधव वाग्लेले निर्देशन गर्ने यो चलचित्रलाई ‘दि सुपर काजोल फिल्मस्’ले निर्माण गर्दैछ । चलचित्रमा भुवन केसी र माधव वाग्लेको लगानी रहने छ ।


कस्तो लाग्यो ?

यो पनि