बैशाख १३, २०८१, बिहीबार
               

'चिसो मान्छे'मा स्वस्तिमा पक्का

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

दीपेन्द्र के खनालले निर्देशन गर्न लागेको नयाँ चलचित्र 'चिसो मान्छे'को लागि स्वस्तिमा खड्का पक्का भएकी छिन् । लिखित सम्झौता बाकीं रहे पनि मौखिक रुपमा भने दुई पक्षीय सम्झौता भइसकेको छ । 

लकडाउनका कारण स्वस्तिमासँग सम्झौता गर्न नसकिएको निर्देशक खनालले बताए । चलचित्रलाई लिएर स्वस्तिमा पनि सकरात्मक छिन् । फरक भूमिका गर्न पाउने भएकाले स्वस्तिमा चलचित्रलाई लिएर उत्साहित छिन् । 

निर्देशक खनाल र स्वस्तिमाले चलचित्र 'लभ लभ लभ'मा सहकार्य गरेका छन् । 'चिसो मान्छे' उनीहरुको दोस्रो सहकार्य बन्नेछ ।

चिसो मान्छेलाई शर्मिला पाण्डेले निर्माण गर्दै छिन् । कोरोनाको अवस्था सामान्य भएसँगै छायांकन सुरु गरिने यस चलचित्रलाई आगामी वर्षको भदौ ११ मा रिलिज गर्ने निर्माण पक्षले घोषणा गरेको छ ।

यो पनि