बैशाख १२, २०८१, बुधबार
               

छायांकन सुरु नहुँदै 'चिसो मान्छे'ले तोक्यो रिलिज मिति

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

दिपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको चलचित्र ‘चिसो मान्छे’को रिलिज मिति तोकिएको छ । छायांकन नै सुरु नभएको ‘चिसो मान्छे’लाई २०७८ भदौ ११ गते रिलिज गर्ने निर्माण पक्षको लक्ष्य रहेको छ ।

कोरोनाको अवस्था सामान्य हुन साथ चलचित्रको छायांकन सुरु गर्ने हिसाबले अर्को वर्षलाई रिलिज लक्ष्य राखिएको निर्देशक खनालले बताए ।

हाल चलचित्रको स्कृप्टमा काम भइरहेको निर्देशक खनालको भनाई छ । शर्मिला पाण्डेले निरमाण गर्ने यस चलचित्रका लागि कलाकारको छनोट पनि बाकीं नै छ ।

निर्देशक खनालका अनुसार चलचित्र समसामयिक विषयमा बन्न लागेको हो । यस चलचित्रमा अहिलेको समयका मान्छेहरुको व्यावहारलाई प्रस्तुत गरिने छ ।

यो पनि