चैत १६, २०८०, शुक्रबार
               

सहगोग लिएर कालिकोट पुगे पल शाह

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

अभिनेता पल शाह अहिले कालिकोट पुगेका छन् । त्यहाँका बाढी पहिरो पिडितलाई सहयोग गर्नको लागि पल कालिकोट पुगेका हुन् । 
‘हाम्रो टिम नेपाल’ र ‘पल शाह फाउन्डेशन’को सहकार्यमा पलले कालिकोटका बाढी पिडितलाई सहयोग गरेका हुन् । 

कालिकोटको नरहरीनाथ गाउँपालिकामा गएको पहिरोमा परी ठूलो क्षति भएको थियो । त्यहाँको अवस्था नाजुक भएको बुझेपछि पल राहत बोकेर कालिकोट प्रस्थान गरेका हुन् । 

पलले कालिकोट पुगेर ४० परिवारलाई सहयोग प्रदान गरेका छन् । उनले खाद्यन्न तथा लताकपडा वितरण गरेका हुन् । पलले सहयोग गरेपछि पिडितहरुमा केही खुसी मिलेको थियो ।

समाजसेवा गर्ने कलाकारहरुको सूचिमा अभिनेता पल शाहको नाम अग्रस्थानमा आउँछ । उनी हरेक ठाउँमा पुगेर विभिन्न सहयोग गरिरहेका हुन्छन् । पलले कोरोनाका कारण लकडाउन हुँदा चलचित्र प्रविधिकको लागि ५ लाख बराबरको खाद्यन्त तथा आर्थिक सहयोग गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि