बैशाख ०७, २०८१, शुक्रबार
               

दीपाश्रीले पुन: मागिन् माफी, व्यक्तित्व विकास गर्ने प्रण

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

अभिनेता राजेश हमालको ‘महानायक’ उपाधीमा अभिनेत्री तथा दीपाश्री निरौलाले प्रश्न खडा गरिइन् । एक टिभी अन्तर्वार्तामा उनले महानायक राजेशमाथि प्रश्न गरेकी थिइन् । 

उक्त अभिव्यक्तिपछि दीपाश्री विवादमा मुछिएकी थिइन् । धेरैले दीपालाई गाली-गलौच गरेका थिए । उक्त विवादमा दीपाले माफ मागिसकेकी थिइन् । आफूले राजेशलाई महानायक होइन नभनेको र बोल्ने शैली गलत भएको भन्दै दीपाले फेसबुक स्टाटस लेखेर माफ मागेकी थिइन् ।

आइतबार आफ्नो जन्मदिन मनाएकी दीपाश्रीले एक भिडियो सेयर गर्दै पुन: दर्शकसँग माफी मागेकी छिन् । दीपाले आफ्नै दिदी-बहिनी सम्झिएर माफ गरिदिन समेत आग्रह गरेकी छिन् । उनले भनेकी छिन्, ‘मलाई थाहा छ, मेरो अभिव्यक्तिले तपाईंहरु धेरैको मन दुखेको छ । मलाई माफ गर्दिनुहोला ।’

दीपाश्रीले पोष्ट गरेको भिडियोमा आफूले ३० वर्ष लामो कलाकारिता यात्रामा धेरै पिडादायी दिनहरु पनि भोग्नु परेको बोलेकी छिन् । उनले भनेकी छिन्, ‘तितोसत्य सुरु हुन अगाडि निकै पिडा खेप्नु परेको थियो । तितोसत्यपछि मैले पछि फर्किनु परेन । छक्का पञ्जा सिरिजले त झन सफलताको शिखर पुर्‍याइदियो । तर, सफल भएपनि मेरो व्यक्तित्व विकासमा अझै कमजोरी रहेछ । त्यो मैले महसुश गरे ।’

यो विवादले आफूमा भएका कमजोरीहरु हटाइदिएको दीपाले बताएकी छिन् । आफूलाई आएका गाली-गलौच तथा तिरस्कारका शब्दहरु सम्झिदै गर्दा दीपाश्री केही भावुक भएकी छिन् । 

उनले भनेकी छिन्, ‘मेरो कारण मेरै टिमलाई पनि गाह्रो भयो । मेरै कारण मेरो टिमका साथीहरुले गाली खानुभयो । त्यसमा मलाई आत्माग्लानी भयो ।’

दीपाश्रीले जन्मदिनमा प्रण गर्दै भनेकी छिन्, ‘अबको दिनमा भने म आफ्नो व्यक्तित्व विकासमा पनि समय खर्चिनेछु ।’

यो पनि