बैशाख ११, २०८१, मंगलबार
               

निषेधाज्ञाको तेस्रो दिन पनि काठमाडौँ सुनसान (फोटो फिचर )

नेपाल फ्ल्यास
भदौ ०६, २०७७

ADVERTISEMENT

कोरोना भाइरसको संक्रमण बढेपछि लगाइएको निषेधाज्ञाको तेस्रो दिन शनिबार पनि काठमाडौं उपत्यका सुनसान बनेको छ । अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ ।

सरकारले पुनः निषेधाज्ञाको घोषणा गरेसँगै उपत्यकामा चकमन्न बन्दै आएको  छ । अघिल्ला दिनहरू बैङ्कलगायत अत्यावश्यक सेवा कार्यालय खुलेका थिए । त्यहाँ कार्यरत कर्मचारीहरू ओहोरदोहोर गर्दा सडकमा केही फाट्टफुट्ट सवारी देखिन्थे । तर, शनिबार ती कार्यालय बन्द हुँदा अरू दिनको तुलनामा काठमाडौं उपत्यका थप सुनसान देखिन्छ । सडकमा अत्यावश्यक सामग्रीलगायत मालवाहक ढुवानीका सवारीसाधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधन फाट्टफुट्ट चलेका छन् ।

सवारीसाधन सञ्चालनका लागि पूर्व अनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यक वस्तु वा सेवाअन्तर्गत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी फलफूल दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सारका सवारीसाधन चलिरहेका छन् । 
क्वारेन्टाइन, आइसोलेसन, फोहोर मैला व्यवस्थापन, अस्पताल जाने आउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रूपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारीसाधन पनि सञ्चालन भइरहेको छ । 

अत्यावश्यक कामका लागि घरबाहिर निस्कनु परेमा अनिवार्य रूपमा मास्कको प्रयोग र न्यूनतम भौतिक दूरी कायम गर्नु भनिएको छ । उक्त आदेशको उल्लङ्घन भएमा वा आदेशको पालना गर्ने गराउने काममा अवरोध भएमा जोसुकैलाई पनि प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनको चेतावनी  छ । 

शनिबार काठमाडौँं उपत्यकाको विभिन्न स्थानको दृश्य

 


कस्तो लाग्यो ?

यो पनि