चैत १६, २०८०, शुक्रबार
               

निषेधाज्ञाको पहिलो दिन देखिएको सडक (फोटो फिचर)

नेपाल फ्ल्यास
भदौ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञाको पहिलो दिन विहीबार काठमाडौं उपत्यका सुनसान देखिएको छ । निषेधाज्ञामा अत्यावश्यकबाहेक घरबाहिर निस्किन निषेध गरिएको छ । कोरोना संक्रमण भयावह हुन थालेपछि उपत्यकाका तीनै जिल्लामा बुधबार मध्यरातदेखि निषेधाज्ञा लागु भएको हो ।

सडकमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधन गुडेका छैनन् । प्राय भिडभाड हुने काठमाडौंका सडकहरू निषेधाज्ञा जारी भएपछि सुनसान देखिएका छन् । पसलहरू पनि बिहान सात बजेसम्म मात्रै खोल्न दिइएको छ । पसल खोल्ने समयमा बिहान केही बेर मानिसको चहलपहल भए पनि दिउँसो भीड छैन ।

सडकमा पैदल यात्रुसमेत अत्यन्त न्यून मात्रमा मात्रै देखिएका छन् । निषेधाज्ञा उल्लंघन गरेर फाट्टफुट्ट यात्रा गर्नेहरूलाई पनि सुरक्षाकर्मीले नियन्त्रणमा लिएर होल्डिङ सेन्टरमा राखेको देखिएको छ ।  

हेर्नुहोस् केही फोटोहरू:


कस्तो लाग्यो ?

यो पनि