बैशाख १३, २०८१, बिहीबार
               

नजिकिएकै रफ्तारमा छुट्टिए कार्तिक-सारा

नेपाल फ्ल्यास
भदौ ०२, २०७७

ADVERTISEMENT

बलिउड प्रवेश गर्दै गर्दा अभिनेत्री सारा अलि खानले आफ्नो क्रस अभिनेता कार्तिक आर्यन भएको बोलिन् । उनले आफूलाई कार्तिकसँग डेट गर्ने मन भएको समेत बताइन् । कार्तिकले पनि सारामा रुचि देखाए । त्यसैले यो जोडी नजिकियो । 

त्यो मात्रै होइन, यो जोडीले चलचित्र ‘लभ आजकल’मा एकसाथ काम पनि गरे । यस चलचित्रमा काम गर्दा उनीहरुको केही तस्विर तथा भिडियो पनि सार्वजनिक भएको थियो । जहाँ उनीहरु एक-अर्कासँग निकै नजिक देखिएका थिए । 

त्यो समय कार्तिक र साराको प्रेम चर्चा पनि सुरु भएको थियो । उनीहरुले यस कुरालाई अस्विकार गरे पनि उनीहरु एक-अर्काप्रति निकट भएको कुरा धेरैले बुझिसकेका थिए । 

तर, चलचित्र रिलिजको समयमा उनीहरुबीच खटपट भयो । रिलिजको समय चलचित्रको प्रचारको लागि उनीहरु सँगै देखिए पनि उनीहरु एक-अर्कासँग खुसी थिएनन् ।

अन्तत: चलचित्र पनि बक्स अफिसमा असफल भयो । चलचित्र असफल भएसँगै कार्तिक र साराले एक-अर्कालाई आफ्नो इन्स्टाबाट हटाएका छन् । उनीहरु दुबैले अनफलो गरेका छन् । 

उनीहरु जति चाडों नजिकिएका थिए, त्यही रफ्तारमा छुटिएका छन् । कार्तिक सारासँग भेट हुनु पूर्व नै नायिका आनन्या पाण्डेको प्रेममा थिए । अहिले कार्तिक र आनन्य एकसाथ छन् ।


कस्तो लाग्यो ?

यो पनि