बैशाख १४, २०८१, शुक्रबार
               

जिल्ला अदालत मोरङका न्यायाधीशलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
साउन २६, २०७७

ADVERTISEMENT

विराटनगर । जिल्ला अदालत मोरङका  न्यायाधीशमा कोरोना संक्रमण देखिएपछि काम कारबाही सोमबारबाट बन्द गरिएको छ ।  

एकजना न्यायाधीशमा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि अदालत तीन दिनका लागि बन्द गरिएको सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए

तीन कर्मचारी र एक न्यायाधीश गरेर चार जनाको स्वाब परीक्षण गरिएकोमा न्यायाधीशको रिपोर्ट पोजेटिभ आएको हो । अरु तीन कर्मचारीको रिपोर्ट नेगेभिट आएको छ । 

न्यायाधीशमा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा रहेका अदालतका ४० जना कर्मचारीको स्वाब संकलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाइएको पौडेलले बताए । 


कस्तो लाग्यो ?

यो पनि