बैशाख १४, २०८१, शुक्रबार
               

पोखरा महानगरपालिकाका दुई कर्मचारीमा कोरोना पुष्टि

नेपाल फ्ल्यास
साउन २६, २०७७

ADVERTISEMENT

काठमाडौं । पोखरा महानगरका  दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । 

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा सोमबार दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा एक पोखरा महानगरकै कर्मचारी र अर्का बागबानी केन्द्रका कर्मचारी हुन् । 

पोखरा महानगरपालिकाको २७ वडा कार्यालयमा कार्यरत ती  कर्मचारीमा कोरोना पुष्टि भएसँगै सो वडा कार्यालय सिल गर्ने तयारी भइरहेको छ । 

कोरोना संक्रमण हुने कर्मचारी महानगरले चलाउने सेवा केन्द्रमा कार्यरत भएको बताइएको छ । संक्रमित ती मिहलालाको अवस्था सामान्य भएको बताइएको छ । साथै, उनलाई हाल आइसोलेसनमा लैजाने तयारी भइरहेको बताइएको छ ।

त्यसैगरी,बागमानी केन्द्रका ३७ वर्षीय एक पुरुष करिब २ हप्ताअघि काठमाडौं गएर फर्किएको पाइएको पोखरा महानगर स्वास्थ्य महाशाखाले जनाएको छ । 

उनी ललितपुरको एक गेस्ट हाउसमा बसेर बसी पोखरा फर्किएको बताइएको छ । यसका अलवा उनी काठमाडौंबाट पोखरा गएर घरमै बसैको स्वय‌ं संक्रमितले बताए । 


कस्तो लाग्यो ?

यो पनि