बैशाख ०५, २०८१, बुधबार
               

कोरोना कहर : कति पुग्यो प्रहरी संक्रमित र डिस्चार्जको संख्या ?

रासस
साउन २६, २०७७

ADVERTISEMENT

काठमाडौँ । देशको सुरक्षाको प्रमुख दायित्व बोकेका नेपाल प्रहरीमा कोरोना संक्रमितको सङ्ख्या ३६९ पुगेको छ ।

हाल देशभर ३६९ प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

कार्यालयका प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले ३६९ संक्रमितमध्ये १४९ प्रहरी निको भएर घर फर्किसकेको र २२० कर्मचारीको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

कोरोनाको सक्रिय संक्रमितमध्ये प्रहरी प्रधान कार्यालयका ११६, काठमाडौं उपत्यकाका १४, प्रदेश १ का २१, प्रदेश २ का ३६, बागमति प्रदेशका दुई, गण्डकी प्रदेशका १९, प्रदेश ५ का ११ र सुदूरपश्चिम प्रदेशका एकजना छन् । कर्णाली प्रदेशका भने सबै प्रहरी निको भएर घर फर्किसकेका छन् ।

आइतबारसम्म नेपालभर कोरोना संक्रमितको सङ्ख्या २२ हजार ९७२ पुगेको छ भने १६ हजार ३५३ संक्रमित निको भएर घर फर्किसकेका छन् । यस्तै नेपालभर आइतबारसम्म कोरोना संक्रमणबाट ७५ जनाको मृत्यु भइसकेको छ ।

 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि