बैशाख १३, २०८१, बिहीबार
               

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका ३ प्रहरीमा कोरोना पुष्टि

नेपाल फ्ल्यास
साउन २६, २०७७

ADVERTISEMENT

काठमाडौं । महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीमा कार्यरत ३  प्रहरीमा कोरोना संक्रमण भएको छ ।

प्रहरी कार्यालय स्रोतका अनुसार मेट्रो कन्ट्रोल रूममा कार्यरत ३ जनामा संक्रमण पुष्टि भएको हो ।

३ प्रहरी संक्रमित भएपछि उनीहरुको सम्पर्कमा रहेका अरूको पनि कोरोना परीक्षणको तयारी भएको कार्यालयले जनाएको छ ।

यसअघि रानीपोखरीमै कार्यरत अर्का एक जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि