बैशाख १३, २०८१, बिहीबार
               

गण्डकीमा थपिए ८ जना संक्रमित

नेपाल फ्ल्यास
साउन २६, २०७७

ADVERTISEMENT

कास्की । गण्डकी प्रदेशमा आज ८ जना कोरोना संक्रमित थपिएका छन् ।

क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणबाट ५ जिल्लाका ८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका ८ जनामध्ये नवलपरासी (बर्दघाट-सुस्तापूर्व) गैडाकोटका ३२, ३७ वर्षका महिला र पुरुष, कास्कीको पोखरा महानगरपालिका ३७, ४० वर्षका पुरुष र महिला रहेका छन् ।

यसैगरी तनुहुँको भानु र बन्दीपुरका ३४ वर्षका दुईजना पुरुष, स्याङ्जाको गल्याङकी ४५ वर्षीय महिला र पर्बतको मोदीका ५२ वर्षीय पुरुष रहेका छन् ।

गण्डकी प्रदेशमा संक्रमितको संख्या १६२० पुगेको छ भने १४७० जना डिस्चार्ज भइसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि