बैशाख १२, २०८१, बुधबार
               

पासाङल्हामु राजमार्ग पुनःसञ्चालनमा

नेपाल फ्ल्यास
साउन २६, २०७७

ADVERTISEMENT

रसुवा । पहिरोका कारण यही साउन १९ गतेदेखि अवरूद्व पासाङल्हामु राजमार्ग पुनःसञ्चालनमा आएको छ । धुञ्चे स्याफ्रुबीच ठूलोभार्खु डाँडामा सडक सतहमा भाँसिन गई  राजमार्ग आवरुद्ध भएको थियो ।

राजमार्गको कुनातर्फबाट नयाँ ट्र्याक तयार गरी आइतबारबाट सवारी यातायात सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।

राजमार्ग खुला भएलगत्तै रोकिएर बसेका मालबाहक कन्टेनर राजधानी काठमाडौं प्रस्थान गरिसकेको ट्राफिक प्रहरीले जनाएको छ । ती कन्टेनरमा स्याउ रहेका छन् ।

पहिरोका कारण टिमुरेमा रोकिएको स्वास्थ्य सामग्री बोकेका तीन वटा कन्टेनर पनि आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन् । प्रजिअको सक्रियताले छिटो राजमार्ग सञ्चालन हुँदा  समुदायमा उत्साह बढेको स्थानीय बुद्धिजीवी ल्हाक्पा थोक्राले बताए ।


कस्तो लाग्यो ?

यो पनि