बैशाख ११, २०८१, मंगलबार
               

मौसमको विवरण सार्वजनिक गर्दै सतर्क रहन आग्रह

नेपाल फ्ल्यास
साउन २६, २०७७

ADVERTISEMENT

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज मौसमको विवरण सार्वजनिक गर्दै सतर्कता अपनाउन आम देशवासीलाई आग्रह गरेको छ ।

पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ ।

त्यसैगरी राती पनि देशका अधिकांश भू–भागहरुमा सामान्य वदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बागमती प्रदेश, प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

यो पनि