बैशाख ०६, २०८१, बिहीबार
               

भदौ १ गतेबाट अन्तरजिल्ला यातायात र हवाई उडान नखुल्ने

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

काठमाडौं। कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले  सरकारले तोकेका स्वास्थ्य प्रोटोकलहरु प्रयोग नगर्दा संक्रमणको जोखिमसँगै मृत्युदर बढेको निष्कर्ष निकालेको छ।

अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन र निस्कनै परे स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्न पनि बैठकले आग्रह गरेको छ । संक्रमितको संख्या बढ्दै गएको अवस्थामा सर्वसाधारण, व्यापारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सबैलाई सुरक्षीत रहन सचिव गुरागाईंले आग्रह गरे ।

साथै अन्तर जिल्ला यातायात तथा बाह्य तथा अन्तरिक हवाई उडान भदौ १ गतेदेखि नखुल्ने भएको छ । सिसिएमसीकाे आइतबार बसेको बैठकले १५ दिनका लागि स्थगित गर्ने प्रस्ताव गरेको हो ।

गत ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि