बैशाख १४, २०८१, शुक्रबार
               

गौतम बुद्ध नेपालमा जन्मिएका हुन भन्ने विषयमा कुनै शंका छैन : भारतीय विदेश मन्त्रालय

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

भारतले गौतम बुद्ध नेपालमा जन्मिएका हुन भन्ने विषयमा कुनै शंका नभएको बताएको छ । 

भारतीय विदेश मन्त्री जययश‌ंकरले गौतम बुद्धको विषयमा शनिबार विवादाष्पद अभिव्यक्ति दिएपश्चात भारतीय विदेश मन्त्रालयले आइतबार  सो अभिव्यक्ति सच्याएको हो ।

जयशंकरको अभिव्यक्ति साझा बौद्ध विरासतको सन्दर्भमा भएको भारतीय विदेश मन्त्रालयले बताएको छ । उसले भनेको छ, ‘यसमा कुनै शंका छैन कि गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन्, जुन नेपालमा पर्छ ।’

शनिबार जयशंकरले एक भर्चुअल सम्मेलनमा बुद्ध महान भारतीय भएको बताएका थिए ।

सो प्रतिउत्तरमा नेपालको परराष्ट्र मन्त्रालयले आइतबारै (आज) बुद्धको जन्म नेपालमा भएको धेरै प्रमाण रहेको र त्यसलाई विश्वले स्वीकार गरेकाले बुद्धको जन्मभूमि बहसको विषय नभएको बताएको थियो ।

यो पनि