बैशाख १२, २०८१, बुधबार
               

आइतबार मकवानपुरमा पाँच प्रहरीसहित २३ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

काठमाडौं । मकवानपुरमा आइतबार ५ जना प्रहरी कर्मचारीसहित २३ जनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका पुरुषोतम सेडाईंले हेटौँडास्थित वन विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । 

उनले आइतबार जिल्ला प्रहरी कार्यालय मातहत कार्यरत पाँचजना प्रहरी कर्मचारी, उपमहानगरभित्रका १६ जना, बकैया गाउँपालिका-४ घर भई हेटौँडास्थित एक सहकारी संस्थामा कार्यरत एकजना महिला कर्मचारी र बिराटनगर घर भई हेटौंडामा बस्दै आएका एकजनामा संक्रमण पुष्टि भएको जनाइएको छ । 

कोरोना पुष्टि भएकामा संक्रमणको लक्षण पनि देखिएका हेटौँडा अस्पताल आइसोलेसन वार्डका प्रमुख भोला चौलागाईंले बताए ।

सेढाईंका अनुसार अहिलेसम्म उपमहानगरको १४ वटा वडामा संक्रमण देखिसकिएको छ ।
जिल्लाले उपलब्ध गराएको तथ्याङकअनुसार हेटौँडामा ३९, मनहरीमा १२, थाहानगरमा ७, भीमफेदीमा ४, बागमतीमा ३, राक्सिराङ र कैलाशमा १/१ जनामा संक्रमण देखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि