चैत १६, २०८०, शुक्रबार
               

अंगरक्षकमा कोरोना पुष्टिपश्चात् नेकपा महासचिव पौडेल बसे आइसोलेसनमा

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

काठमाडौैं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेल आइसोलेसनमा बसेका छन् । पौडेलका अंगरक्षक (पीसएओ) लाई कोरोना संक्रमण पुष्टि भएपछि उनी आइतबारदेखि आइसोलेसनमा बसेका हुन् । 

पौडेलको पीसएओको स्वाब संकलन शुक्रबार गरिएको  थियो । तर, शुक्रबारै पीसओसँगै महासचिव पौडेलको पनि पीसीआर परीक्षण गरिएको थियो । 

हाल उनका पीसओलाई प्रहरी अस्पतालमा भर्ना गरिएको  बताइएको छ । तर, उनलाई कोरोनाको कुनै लक्षण नदेखिएको बताइएको छ । 

महासचिवले शनिबारमात्रै नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गरेका थिए । यसअघि अध्यक्ष प्रचण्डका सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको थियो ।

नेकपाका अध्यक्ष दाहालले पनि कोरोना संक्रमणबाट बच्न भन्दै भेटघाटलाई बन्द गराएका छन् । 

यो पनि