बैशाख १४, २०८१, शुक्रबार
               

भारतसँग औपचारिक कुरा गर्न नेता नेपालको सरकारलाई आग्रह

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल सरकारले भारतीय विदेशमन्त्री जयशंकरको अभिव्यक्तिबारे भारतसँग औपचारिक कुरा गर्नुपर्ने बताएका छन् । 

भारतीय विदेशमन्त्री जययशंकरले शनिबार एक भर्चुअल सम्मेलनमा गौतम बुद्धबारे विवादित अभिव्यक्ति दिएको भोलिपल्टै एक ट्विट गर्दै पूर्वप्रधानमन्त्री नेपालले  यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन् । 

नेता नेपालले ट्विटरमा लेखेका छन्, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा हाम्रो संसदमै बुद्ध नेपालमा जन्मिएका हुन भनेर स्पष्ट रुपमा उल्लेख गरेको सन्दर्भमा भारतीय जिम्मेवार अधिकारीबाट यस्ता अभिव्यक्ति आउनु थप दुःखद रहेकाले यसबारेमा नेपाल सरकारलाई औपचारिक रुपमै भारतसँग कुन गर्न अनुरोध गर्दछु ।’

उनले नेपालले भारतीय विदेश मन्त्री एस जयशंकरको बुद्धसम्बन्धी विवादित अभिव्यक्तिबारे नेपाल सरकारले भारतसँग औपचारिक रुपमा कुरा गर्न सरकारसँग जोड गरेका छन् । 

विसं २०७१ साउन १७ पहिलो पटक नेपाल आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा  ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भन्ने अभिव्यक्ति दिएका थिए । 

सो ट्विटमार्फत उनले भारतीय विदेशमन्त्री जययशंकरले नेपालमाथि नेपालको विषयलालाई लिएर तथ्यहीन धारणा राखेको बताए । 

‘एस. जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई महान भारतीय भन्दै गरेको प्रचार तथ्यहीन र आपत्तिजनक छ’ नेता नेपालले लेखेका छन्, ‘ऐतिहासिक तथ्य, प्रमाण र पुरातात्विक अध्ययनबाट समेत बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका बाँकी नरहँदा–नरहँदै बेला बखतमा भारतीय नेताहरूबाट व्यक्त हुने यस्ता असंवेदनशील र गलत कुराले दुई देशबीचको सम्बन्धमा प्रतिकूल असर पार्दछन् भन्ने कुरा ख्याल गर्न म ध्यानाकर्षण गराउँछु ।’


कस्तो लाग्यो ?

यो पनि