बैशाख ०५, २०८१, बुधबार
               

जनकपुरमा लम्बियो निषेधाज्ञा

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

जनकपुर । कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गर्दै जनकपुरधाममा जारी गरिएको निषेधाज्ञा लम्ब्याइएको छ ।

यसअघि सोमबार राति १२ बजेसम्मका लागि जारी निषेधाज्ञाको समय साउन ३२ गतेसम्म बढाइएको हो । 

जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणको जोखिम कायमै रहेकोले निषेधाज्ञाको समय बढाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार 'जनकपुरधाम उपमहानगरपालिकाका साथै उत्तरमा महेन्द्रनगर बजारसम्मको क्षेत्रमा निषेधाज्ञा जारी रहनेछ ।'

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन प्रजिअ भट्टराईले सबैमा आग्रह गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि