चैत १५, २०८०, बिहीबार
               

नेकपा विभाजन रोक्न ६१ सांसदको हस्ताक्षर (नामावलीसहित)

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको विवाद बढ्दै गएको बेला प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेकपा सांसदहरूले भने विभाजनविरुद्ध हस्ताक्षर सार्वजनिक सार्वजनिक गरेका छन् ।

नेकपाका ६१ जना सांसदहरूले पार्टी फुट्न नदिने प्रतिवद्धता जनाएका हुन् । उनीहरुले यो संख्या बढ्दै जाने दावी समेत गरेका छन् । 

आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । पार्टीले निर्वाचनका बेला जनतामाझ सार्वजनिक गरेको घोषणापत्र र कार्यक्रमलाई अगाडि बढाउनुपर्नेमा विभाजनको दिशातिर गएको भन्दै ओली, दाहाल र नेपाल पक्षका सांसदले संयुक्त रूपमा एकताको दबाबका लागि हस्ताक्षर अभियान संचालन गरेका हुन् ।

सार्वजनिक हस्ताक्षर सांसदहरूले शीर्ष नेताहरूलाई बुझाउने तयारी पनि गरिरहेको सांसद गणेश पहाडीले जानकारी दिए । हस्ताक्षर अभियानमा सांसदहरू कृष्णप्रसाद दाहाल, यज्ञराज सुनुवार, सुरेश राई, झपट रावल, गणेश पहाडी, रामकुमारी झाँक्री, विशाल भट्टराई, नवराज सिलवाललगायत सांसद रहेका छन् ।

हस्ताक्षर अभियानमा रहेका सांसदहरूले विवाद समाधानका लागि सबै नेता एकजुट हुनुपर्ने बताउँदै आफूहरू विभाजनको विपक्षमा उभिने प्रतिबद्धता जनाएका छन् । उनीहरूले स्थायित्व, विकास तथा समृद्धिका लागि पार्टी नेतृत्व एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा दबाब दिने बताएका छन् ।

'पार्टी एकताका पक्षमा प्रतिवद्धता व्यक्त गर्न आयोजित' भनिएको पत्रकार सम्मेलनमा सांसद कृष्णप्रसाद दाहालले भने, ‘हामी तीन नेता प्रधानमन्त्री केपी ओली, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालकोमा जाने होेइन, उनीहरुलाई हाम्रोमा आउने बनाउँछौ ।’


कस्तो लाग्यो ?

यो पनि