चैत १६, २०८०, शुक्रबार
               

उपत्यका नगरपालिका फोरमका अध्यक्ष शाक्य र सीसीएमसीका संयोजक पोखरेलबीच छलफल

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

काठमाडौं । उपत्यका नगरपालिका फोरमका अध्यक्ष तथा सचिव र सीसीएमसीका संयोजक उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलबीच छलफल भएको छ । 

उपत्यका फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सीसीएमसीका संयोजक पोखरेलसँग कोभिड-१९मा केन्द्रित भइ छलफल भएको हो । 

छलफलमा उनीहरुले सीसीएमसीका संयोजक पोखरेलसँग काठमाडौं उपत्यकाको घनावस्तीयुक्त क्षेत्रमा कोरोना संक्रम समुदायस्तरमा पुग्ने खतरा अवस्था रहेको भन्दै उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्न माग गरेका छन् । 

सो छलफलमा संयोजक पोखरेलले आइबातर बस्ने सीसीएमसीको बैठकमा उक्त सवाल गम्भीर रुपले उठाउने बताएको बताइएको छ ।

छलफलका क्रममा फोरमको तर्फबाट तेस्रो मुलुकबाट आउन सक्ने ठूलो संख्याका यात्रुलाई ध्यानमा राखी क्वारेन्टिन व्यवस्थापन र सञ्चालन नियमावलीअनुसार रहने गरी एकीकृत क्वारेन्टाइनन संघीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापनमा सहयोग गर्ने गरी तयारी गर्दा उपयुक्त हुने संयोजक पोखरेललाई सुझाव दिएको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले  बताए ।

सो छलफलपश्चात उनले उपत्यकामा समुदायस्तरमा संक्रमण जानसक्ने खतरालाई ध्यानमा राखी सरकारको विरोध र समर्थनमा र्याली, भेला अनसन, जुलुसलगायत गतिविधिमा कडा गर्न सुझाव दिएको बताए । 

‘जात्रा–पर्व विधिपूर्वक सामान्य रुपमा मनाउन र भीडभाडका साथ नमनाउन स्थानीयलाई आग्रह गरेका छौँ,  उनले भने, ‘सरकारको समर्थन र विरोधका नाममा हुने जुलुस, अनसनलगायतले संक्रमणको खतरा बढी हुने भएकाले त्यस्ता कुरामा पूर्ण रोक लगाउन हामीले सुझाव दिएका छौँ ।’

भेटमा सीसीएमसीका संयोजकलाई उपत्यकामा संक्रमणको जोखिमयुक्त स्थानबाट प्रवेश गरेका निर्माण क्षेत्रका मजदुर, कवाडी संकलक, ठेलागाडा, साइकल, फुटपाथ, तरकारी व्यापारीलाई व्यवस्थित गर्नुपर्ने सुझाव दिएको मेयर शाक्यले बताए । 

यो पनि