बैशाख ०८, २०८१, शनिबार
               

कोरोनाबाट भारतमा १९६ जना चिकित्सकको मृत्यु

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

कोरोनाका कारण हालसम्म भारतमा १ सय ९६ जना चिकित्सकको ज्यान गइसकेको छ । 

यतिधेरै जनाकाे मृत्यु भइसकेकाे अवस्थामा सबैभन्दा बढी जोखिममा रहेका स्वास्थ्यकर्मी तथा चिकित्सकको सुरक्षाको लागि सरकारले ध्यान नदिएको इण्डियन मेडिकल एसोसिएशनले आरोप लगाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीलाई ध्यानाकर्षण पत्र बुझाउँदै सरकारले सरकारी र नीजि क्षेत्रका स्वास्थ्यकर्मीलाई विभेद नगरी सबैको बीमा र सुविधा बढाउन एशोसियसनले माग गरेको बीबीसीले उल्लेख गरेको छ । 

भारतमा तीव्र गतिमा संक्रमण बढ्दै गएपछि एसोशिएसनले स्वास्थ्यकर्मीको जीवन सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै सरकारलाई जानकारी गराएको हो ।


कस्तो लाग्यो ?

यो पनि