बैशाख ०८, २०८१, शनिबार
               

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । 

शुक्रबार स्वाब संकलन गरिएका ८४ जनामध्ये चार जना कर्मचारीलाई कोभिड १९ संक्रमण पुष्टि भएको हो ।

कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समितिको टोलीले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ८४ कर्मचारीको स्वाब संकलन गरेको थियो ।

जसमध्ये चार जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल संक्रमित कर्मचारीको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी  कार्य सुरु गरिएको बताइएको छ ।

यो पनि