बैशाख ०८, २०८१, शनिबार
               

अफगानिस्तानमा बम बिस्फोट हुँदा ७ जनाको मृत्यु

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

अफगानिस्तानको घाज्नी प्रान्तमा शनिबार प्रहरी चौकीलाई लक्षित गरी भएको कार बम बिस्फोटमा सात जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता तारेक एरियनका अनुसार सशस्त्र विद्रोहीहरुले बिस्फोटक पदार्थले भरिएको कार घाज्नी सहरको बाहिरी इलाकामा रहेको कोटाल रावा प्रहरी चौकीमा साँझ ७.४५ बजे बिस्फोट गराएका थिए ।

प्रवक्ता तारेकले उक्त घटनाको अनुसन्धान थालिएको जानकारी दिए । प्रान्तीय सरकारका प्रवक्ता वाहिदुल्लाह जुमाजादाले पनि घटनाको पुष्टि गर्दै आक्रमणकारीहरु प्रहरी चौकीभित्र प्रवेश गर्न खोजेका तर प्रहरीको प्रतिकारले उनीहरूको त्यो प्रयास सफल हुन नपाएको बताए ।

उक्त आक्रमणको घटना ४०० जना विवादास्पद तालिबान बन्दीका विषयमा निर्णय गर्न लोया जिर्गा अर्थात समाजका ज्येष्ठ एवं प्रबुद्ध वर्गको बैठक बसिरहेका समयमा भएको छ । लोया जिर्गा बैठकमा अफगानिस्तानका विभिन्न भागबाट  आएका तीन हजारभन्दा बढी सदस्यको सहभागिता छ । 

घानी सरकारले अफगानिस्तानमा युद्धरत तालिबानका पाँच हजार १०० लडाकूलाई जेलमुक्त गरिसकेको छ । तर तालिबानले जेलमा अझै बन्दी अवस्थामा रहेका ४०० लडाकूलाई तत्काल रिहाई गर्नुपर्ने माग गर्दै आएको छ । सरकारको भनाइमा यी लडाकू ट्रक बम आक्रमण, अपहरण र नागरिक हत्याका आरोपी हुन् ।

सरकार र विद्रोही तालिबानबीच लडाकूको रिहाईसँगै अन्तर–अफगान संवाद हुने र वर्षौंदेखिको गृहयुद्ध समाप्त हुने अपेक्षा गरिएको छ । यसैबीच, लोया जिर्गाले अफगानी जेलमा बन्दी ४०० लडाकूलाई मुक्त गर्न सिफारिस गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि