बैशाख ०७, २०८१, शुक्रबार
               

जिप र मोटरसाइकल एकआपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिका च्याम्हासिंबाट जगातितर्फ आउँदै गरेको जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शनिबार राति बा. १९ च ३३८४ नम्बरको जिप र बा. ६६ प २८१० नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका कमलविनायकका २९ वर्षका सुमन कुटवाल श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातिका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

फरार जिपचालक रामेछाप खनियापानी गाउँपालिका–७ घर भई काठमाडौं शङ्खमुल बस्ने २१ वर्षीय नारायणबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको डिएसपी जोशीले जानकारी दिए ।

यो पनि