बैशाख १३, २०८१, बिहीबार
               

पूर्वक्रिकेटर पवन दासलाई कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

काठमाडौं । पूर्वक्रिकेटर पवन दासलाई कोरोना भाइरस (कोमिड–१९) संक्रमण पुष्टि भएको छ ।

पवनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘मसँग साउन १५ गतेपछि सम्पर्कमा आउनेहरु कृपया सुरक्षित बस्नुहोला । अरुलाई पनि सुरक्षित राख्नुहोला ।’

पवनसँगै उनका बुबा र आमालाई पनि कोरोना सक्रमण पुष्टि भएको छ । 

विन हाल सप्तरीमा व्यवसाय गर्दै आएका छन् ।

पवनले सन् २००२ मा यु–१५ र २००४ मा यु–१७ मा नेपाली टोलीको प्रतिनिधित्व गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि