बैशाख १४, २०८१, शुक्रबार
               

भ्रम फैलाएको भन्दै गुगलले डिलिट गर्‍यो २५ सय युट्युब च्यानल

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

एजेन्सी । गुगलले चीनसँग सम्बन्धित २५ सय युट्युब च्यानल डिलिट गरेको छ । गुगलको अनुसार चीनसँग सम्बन्धित यी च्यानल भिडियो सेयरिङ प्लेटफर्म युट्युबमा भ्रामक समाचार फैलाउने कोसिसमा जुटेका थिए । गुगलले यी युट्युब च्यानललाई अप्रिलदेखि जुनको बीचमा आफ्नो प्लेटफर्मबाट हटाएको जानकारी दिएको छ ।

गुगलले त्रैमासिक बुलेटिनमा भ्रामक अपरेसनबारे चर्चा गर्दै यी युट्युब च्यानलले सामान्य रुपमा स्पाम र गैर राजनीतिक विषयवस्तु पोस्ट गर्ने भनेता पनि ती कन्टेन्टको एउटा सानो हिस्सा राजनीतिसँग जोडिएको हुने जानकारी दियो ।

गुगलका अनुसार यी युट्युब च्यानलले ट्वीटरमा पनि समान भ्रामक सूचना फैलाउने गर्दथे । यसबाहेक कम्पनीले डिलिट गरेको अन्य चिनियाँ युट्युब च्यानलबारे कुनै जानकारी दिएको छैन ।

गुगलको ताजा कारबाहीको विषयमा अमेरिकामा चिनियाँ दूतावासले कुनै प्रतिक्रिया दिएको छैन । यद्यपि, यसअघि बेइजिङले भ्रामक समाचार फैलाएको आरोप अस्विकार गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि