बैशाख १४, २०८१, शुक्रबार
               

संजय दत्त अस्पताल भर्ना

एजेन्सी
साउन २५, २०७७

ADVERTISEMENT

एजेन्सी । बलिउड अभिनेता संजय दत्त अस्पतालमा भर्ना भएका छन् ।

६१ वर्षीय दत्तको शरीरमा अक्सिनको मात्रा कम (श्वासप्रश्वासमा समस्या) देखिएपछि मुम्बइको लिलावती अस्पतालमा उनी भर्ना भएका छन् ।

स्वास्थ्य परीक्षणको क्रममा उनको कोरोना रिपोर्ट भने नेगिटिभ आएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । 

उनी आफैले सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो स्वास्थ्यको बारेमा जानकारी दिएका हुन् ।

उनले भनेका छन्, ‘म सबैलाई जानकारी दिन चाहन्छु कि, म ठिक छु । म अहिले चिकित्सकको निगरानीमा छु र मेरो कोरोना रिपोर्ट नेगिटिभ आएको छ । म केही दिनमै घर फर्किनेछु ।’

अस्पतालका अनुसार, संजयको स्वास्थ्य अहिले ठिक छ ।

उनको थप स्वास्थ्य परीक्षणपछि शरीरमा अक्सिनको मात्रा किन कम भयो ? भन्ने थाहा हुने उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि