बैशाख १४, २०८१, शुक्रबार
               

शिक्षकहरुमा कोरोना संक्रमण देखिएपछि...

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

सिन्धुपाल्चोकको जुगल गाउँपालिका कार्यालय आजदेखि बन्द गरिएको छ ।

यही साउन १७ गते सल्यानबाट जुगल आएका जुगल–५ स्थित सेती देवी मावि र रत्न राज्य माविका दुई शिक्षकमा कोरोना देखिएपछि गाउँपालिका कार्यालयसहित वडा नं ५ कार्यालय समेत बन्द गरिएको हो । 

वडा नं ५ मा नै गाउँपालिका कार्यालय रहेकाले गाउँपालिका कार्यालय पनि बन्द गरिएको हो ।

आगामी भदौ १ गतेदेखि भर्ना अभियान सञ्चालन र भदौ १५ देखि विद्यालयमा पठनपाठन सञ्चालन गर्ने सरकारको निर्णयअनुरुप सल्यानबाट ती शिक्षक जुगल आएका हुन् । 

उनीहरुले सल्यानबाट आउँदा काठमाडौंको थानकोटमा पिसिआर परीक्षणका लागि स्वाब दिएका थिए । 

त्यसपछि उनीहरु सिन्धुपाल्चोक आएको जुगल–५ का वडाध्यक्ष सनत अधिकारीले बताए । उनीहरुले धेरै मानिससँग भेटघाट गरेको पाइएको जनाइएको छ । 

हाल दुई शिक्षकमध्ये एक जना टेकु प्रयोगशाला र अर्का जिल्ला अस्पताल चौताराको आइसोलेसनमा छन् । 

अब कन्ट्याक ट्रेसिङको काम थालिने वडाध्यक्ष अधिकारीले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि